वामी नमुना समाजद्वारा आचार्यको निधनप्रति शोक सभा सम्पन्न

विष्णुप्रसाद आचार्य (चकित)मुसिकोट गुल्मी,नबखबर

वामी नमुना समाजद्वारा शोक सभा सम्पन्न गरिएको छ!मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी भेडुवा घर भइ हाल बुटवल शंकरनगर बसोबास गर्दै आउनुभएका मान कुमारी आचार्यका पति तथा

टिकाराम, होमप्रसाद, हरि, कोपिला,विष्णु, सिता, सावित्रा, का पुज्यनीय पिता तथा राधिका,अम्बिका,बिमल, टंक, रोशन,रेखा, रश्मीका हजुरबुवा मित्रलाल आचार्यको फागुन २५ गते ७८ वर्षको उमेरमा भएको दुखद निधनप्रति वामी नमुना समाजले दुख व्यक्त गर्दै परिवारजनमा समवेदना तथा दिवंगत आत्माप्रति चीर शान्तिको कामना गर्दै श्रद्दान्जली अर्पण गरिएको सस्थाका संरक्षक समेत रहनुभएका दिलिप थापाले नबखबरलाई जानकारी दिनुभयो

सोमबार सातौ दिनको पुण्य तिथि पारेर गरिएको कार्यक्रमा वामी नमूना समाजद्वारा संस्थाका अध्यक्ष श्री बाबूराम खरेलको अध्यक्षतामा स्व मित्रलाल आचार्यप्रति अनलाइन ( Viber ) बाट शोक सभा सम्पन्न गरिएको हो !

विदेशी भूमि बाट नै भएपनि मृतकको सम्झनामा केन्द्रीय कार्यालयद्वारा दिवंगत आत्मको चिर शान्ति र बैकुण्ठ बांसको कामनाका साथ १ मिनेटको मौन धारण गरी उहाँले समाजमा पूर्याउनु भयको योगदान को उच्च मूल्यांकन गर्दै संस्थाद्वारा श्रद्दान्जली अर्पण गरीएको थियो ! यस दुःखद घड़ीमा नमुना समाज सम्पूर्ण परिवार र आफन्तको साथमा रहेको सम्पूर्ण उपस्थित महानुभावले उल्लेख गर्नुभयको थियो !

अनलाइनमा संस्थाका वरिष्ठ तथा ज़िम्मेवार पदाधिकारी हरूको धेरै उपस्थिति रहेको थियो ! अभिभाबक परिषद संयोजक अर्जुन रायमाझीबाट मृतक बुबाले समाजमा पूर्याउनुभएको योगदानको विशेष मन्तव्य राख्नु भयको थियो

भने अन्तिममा संस्थाका अध्यक्ष बाट छोटो मन्तव्य सहित कार्यक्रमको समापन गरीएको कार्यक्रमको सँचालन महासचिव पुस्कर खरेलले गर्नुभयको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय