४३ करोडको आईपीओ निस्कासन हुदै , कुन कम्पनीको र कहिले ?

शुक्रवार सिंगटी हाइड्रोले आईपीओ जारी गर्दैछ । सिंगटी हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

कम्पनीले चैत ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेको थियो ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको शेयरलाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने पछिल्लो समयमा निरन्तर सुस्ताउन थालेको छ । पछिल्लो समयमा बजारमा कारोबार रकमले साथ कम दिन थालेको छ ।

बजार मापन गर्ने सूचक २.५६ अंकले बढेर परिसूचक २३९१.७४ बिन्दुमा रोकिएको छ । २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैैकिङ समूहको उपसूचक ३.६७, होटल ८६, उत्पादन तथा प्रशोधन २३.२५, माइक्रोफाइनान्स २७.३६, जीवन बीमा समूहको उपसूचक २३०.२९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १९ करोड ३८ लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा माथिल्लो तामाकोशी र निफ्रा रहका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय