आइपियो बांडफांड भएको लामो समयपछी हिजा नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ सूचीकृत भएको छ ।
हिजा नेप्सेमा सुचिकृत भए संगै आज मंगलबार देखि महिला लघुवित्तको दोस्रो बजारमा कारोबार सुरु हेने हुदै छ ।नेप्सेले पहिलो कारोबारका लागि न्युनतम ३१३.१३ रुपैयाँ र अधिकमत ९३९.४८ रुपैयाँ ओपरेञ्ज तोकेको छ ।

कम्पनीले माघ २८ गतेदेखि फागुन २ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
यो पनि पढ्नुहोस
काठमाडौं । उतार चढावका बाबजुद सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।कारोबारको सुरुदेखी नै बजारमा निकै उतारचढाव आएको थियो ।
जसले गर्दा बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।इन्डेक्समा आएको गिरावटसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ ।
जसले गर्दा अहिले लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो भन्ने चिन्ता पनि लगानीकर्ताको आंशका छ ।
पछिल्लो समय निरन्तर बजारमा गिरावट आउनु र कारोबार रकममा समेत धेरै नै गिरावट आउँदा लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो की भन्ने आंकलन पनि गर्न थालेका छन् ।
बजार मापन गर्ने सूचक १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा रोकिएको छ । २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा टे«डिङ, होटल एण्ड टुरिजम, उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ड समूहको उपसूचकमा सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।
कारोबार रकमको आधारमा निफ्रा रहेको छ । नेफ्राको ४३ करोड ६२ लाख २१ हजार ८०९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै माथिल्लो तामाकोशी र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट लागेको छ । कमाउनेमा घलेम्दी हाईड्रो, पन्चकन्या माई, आँखुखोला जलविद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।