ग्रिन लाइफ हाइड्रो पावरको सेयर कारोबार मंगलबारदेखि हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयर सूचिकरण भएपछि कारोबार सुरु हुने तय भएको हो।
यसअघि एक महिना अघि नै ग्रिन लाइफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड भएपनि नेप्सेमा सूचिकरण नहुँदा कारोबार सुरु हुने सकेको छैन। कम्पनीको कुल एक करोड ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
ग्रिन लाइफको सुरुवाती सेयर कारोबार मुल्य ९९.६७ देखि २९९.०१ रुपैयाँ तय भएको जनाएको छ।
यो पनि पढ्नुहोस
काठमाडौं । उतार चढावका बाबजुद सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।कारोबारको सुरुदेखी नै बजारमा निकै उतारचढाव आएको थियो ।
जसले गर्दा बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।इन्डेक्समा आएको गिरावटसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ ।
जसले गर्दा अहिले लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो भन्ने चिन्ता पनि लगानीकर्ताको आंशका छ ।
पछिल्लो समय निरन्तर बजारमा गिरावट आउनु र कारोबार रकममा समेत धेरै नै गिरावट आउँदा लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो की भन्ने आंकलन पनि गर्न थालेका छन् ।
बजार मापन गर्ने सूचक १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा रोकिएको छ । २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा टे«डिङ, होटल एण्ड टुरिजम, उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ड समूहको उपसूचकमा सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।
कारोबार रकमको आधारमा निफ्रा रहेको छ । नेफ्राको ४३ करोड ६२ लाख २१ हजार ८०९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै माथिल्लो तामाकोशी र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट लागेको छ । कमाउनेमा घलेम्दी हाईड्रो, पन्चकन्या माई, आँखुखोला जलविद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।