सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । उतार चढावका बाबजुद सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

कारोबारको सुरुदेखी नै बजारमा निकै उतारचढाव आएको थियो । जसले गर्दा बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।इन्डेक्समा आएको गिरावटसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ ।

जसले गर्दा अहिले लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो भन्ने चिन्ता पनि लगानीकर्ताको आंशका छ ।

पछिल्लो समय निरन्तर बजारमा गिरावट आउनु र कारोबार रकममा समेत धेरै नै गिरावट आउँदा लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो की भन्ने आंकलन पनि गर्न थालेका छन् ।

बजार मापन गर्ने सूचक १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा रोकिएको छ । २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा टे«डिङ, होटल एण्ड टुरिजम, उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ड समूहको उपसूचकमा सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा निफ्रा रहेको छ । नेफ्राको ४३ करोड ६२ लाख २१ हजार ८०९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै माथिल्लो तामाकोशी र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट लागेको छ । कमाउनेमा घलेम्दी हाईड्रो, पन्चकन्या माई, आँखुखोला जलविद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो पनि पढ्नुहोस आज भोलि लगानीकर्ताको ध्यानाकर्सन बनेको आइपियो भनरे करिब १५ -१६ लाख पुगेसकेका छन्। छोटो समयमा फाइदा हुने भएपछी धेरै आम मानिसहरुको रोजाई बनेको छ।

लगानीकर्ता बढे संगै धेरै कम्पनीले धामाधम आइपियो जारि गरिरहेका छन्। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि यसै हप्ता आइपियो जारि गर्ने भएको छ।पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।
कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय