अब कुन कम्पनीको आइपिओ आउदै छ

पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस काठमाडौं । चैत महिनाको पहिलो दिन नै सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै आरोलो लागेको बजारमा अन्तिमसम्म पनि सम्हालिन सकेन, जसको कारण बजार मापन गर्ने सूचक ५१.२३ अंकले घटेर परिसूचक २४०७.२५ बिन्दुमा आएको छ ।

बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा पनि गिरावट आउँदा लगानीकर्तामा त्रास पनि बढेको छ । २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा किनबेच भएको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १०.१० अंकले घटेर ४३५.१३ बिन्दुमा रोकिएको छ । बैंकिङ समूहमा आएको गिरावटको असर बजारमा देखिएको छ । बैंकिङ समूहको उपसूचक ३२.३३ अंकले बटेको छ ।

सेयर बजारमा ८० प्रतिशत भन्दा बढी हिस्सा बैंकिङ समूहको रहेको बताइन्छ । जसले गर्दा बैंकिङ समूहको उपसूचकमा बढ्दा वा घट्दा बजारको घटबढलाई समेत संकेत गर्ने गरेको पाइन्छ । आज बैंकिङ समूह मात्रै नभएर अन्य १० समूहको उृपसूचकमा समेत गिरावट आएको छ ।

कारोबारमा होटल एण्ड टुरिजम ६१.१२, जलविद्यूत समूहको उपसूचक४७.८२ अंककोसुधार देखिएको छ । अन्य समूहको उपसूचकमा भने गिरावट देखिएको छ । कारोबारमा जलविद्युत कम्पनीका लगानीकर्ताले केही कमाएका छन् ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाईड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको ४४ करोड ५६ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक र नबिल बैंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय