महिनाको पहिलो दिन नै सेयर बजारमा पहिरो, कारोबारको सुरुदेखि नै आरोलो लाग्यो

काठमाडौं । चैत महिनाको पहिलो दिन नै सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै आरोलो लागेको बजारमा अन्तिमसम्म पनि सम्हालिन सकेन, जसको कारण बजार मापन गर्ने सूचक ५१.२३ अंकले घटेर परिसूचक २४०७.२५ बिन्दुमा आएको छ ।

बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा पनि गिरावट आउँदा लगानीकर्तामा त्रास पनि बढेको छ । २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा किनबेच भएको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १०.१० अंकले घटेर ४३५.१३ बिन्दुमा रोकिएको छ । बैंकिङ समूहमा आएको गिरावटको असर बजारमा देखिएको छ । बैंकिङ समूहको उपसूचक ३२.३३ अंकले बटेको छ ।

सेयर बजारमा ८० प्रतिशत भन्दा बढी हिस्सा बैंकिङ समूहको रहेको बताइन्छ । जसले गर्दा बैंकिङ समूहको उपसूचकमा बढ्दा वा घट्दा बजारको घटबढलाई समेत संकेत गर्ने गरेको पाइन्छ । आज बैंकिङ समूह मात्रै नभएर अन्य १० समूहको उृपसूचकमा समेत गिरावट आएको छ ।

कारोबारमा होटल एण्ड टुरिजम ६१.१२, जलविद्यूत समूहको उपसूचक४७.८२ अंककोसुधार देखिएको छ । अन्य समूहको उपसूचकमा भने गिरावट देखिएको छ । कारोबारमा जलविद्युत कम्पनीका लगानीकर्ताले केही कमाएका छन् ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाईड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको ४४ करोड ५६ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक र नबिल बैंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय