चन्द्रागिरी हिल्सको सेयर मूल्य सेयर मूल्यमा सकारात्मक सर्किट, प्रति कित्ता  कति पुग्यो ?

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर कारोबारमा निरन्तर उछाल आउने क्रम रोकिएको छैन । साताको पहिलो दिन पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारको सुरु देखि नै उछाल आएको थियो । जुन क्रमले निरन्तरता पाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८० रुपैयाँले बढेर ८८४ रुपैयाँ पुगेको छ । अहिलेसम्म कम्पनीको सेयर मूल्यमा ९.९५ प्रतिशतले बढेको छ ।

कम्पनीको सेयर मूल्य अब १ हजार नजिक पुगेको छ । अब प्रति कित्ता ११६ रुपैयाँले बढेपछि एक हजार रुपैयाँमा पुग्ने छ । सम्भवत मंगलरबार सम्म कम्पनीको सेयर मूल्य एक हजार पुग्ने देखिएको छ ।

यो समाचार तयार पार्दासम्म ६ लाख ६८ हजार ३६० कित्ता सेयर कित्ता लगानीकर्ता तयार हुँदा पनि बिक्री गर्नेको कोही पनि देखिएका छ्रैनन् । खरिदगर्नेको चाप भएपनि बिक्री गर्ने लगानीकर्ता अहिलेसम्म भेटिएको छैन् ।

यो पनि पढ्नुहोस ग्लोबल आइएमई बैंक लिमिटेडले आज देखि ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

बार्षिक ८.५० प्रतिशत ब्याजदर भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ। बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.५० प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय