अब छिट्टै वाइवाइको आइपियो निस्कासन हुन्छ : उद्योगपति विनोद चौधरी

चौधरी ग्रुपका अध्यक्ष तथा खर्बपति विनोद वाइवाइ नेपालको सेयर बजारमा आउने बताएका छन्।

पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा उद्योगपति विनोद चौधरीले वाईवाईले प्राथमिक सेयर (

आईपीओ) निष्कासन गर्ने बताएकाहुन् । उनले उक्त कार्यक्रममा पत्रकार उमेश चौहानले ‘वाइवाइ’लाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले ” चौधरी ग्रुपअन्तर्गतका थुप्रै कम्पनी जनतामा गएका छन् र तिनले कहिल्यै घाटा पुर्याएका छैनन् । कुनै नेपालीको लगानी डुबेको छैन । वाइवाइ पनि कुनै दिन जनतामा जान्छ” भनेका थिय।

चाउ चाउ र होटलमा ठूलो लगानी गरेका चौधरीले चाउचाउ र होटललाई विश्वभर फैलाउन आवश्यक रहेको बताएक हुन् । उनले भने ‘वाईवाई विश्वभर ब्राण्ड बन्ने क्रममा छ ।नेपालका एकमात्र ‘फोब्र्स’ सूचीकृत अर्बपति चौधरीले २०४१ सालमा थाइल्यान्डबाट अन्तराष्ट्रिय ब्रान्ड अधिकार सहित वाइवाइ भित्र्याएका हुन्।

यो पनि पढ्नुहोस ग्लोबल आइएमई बैंक लिमिटेडले आज देखि ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

बार्षिक ८.५० प्रतिशत ब्याजदर भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ। बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.५० प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय