सिंगटी हाइड्राे इनर्जीको दोस्रो चरणको आइपीओ आउदै, कति दिने आबेदन

पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस
आइपियो भर्न समस्या भएको लगानिकर्ताको गुनासोको सम्बोधन गर्दै अब सीडीएससीको छुट्टै वेबसाइट मार्फत सहज ढंगले बिना झञ्झट आइपीओ आवेदन दिन मिल्ने भएको छ।

मेरो शेयरमा धेरै भार परेको कारण सर्भरमा समस्या भएर लगानीकर्ताहरुले सास्ती खेप्नु परेको थियो। यसघि आइपियोको नतिजा सार्बजनिक गर्नको लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सब डोमेन संचालनमा ल्याएको थियो।

शेयर बजारमा धेरैको आकर्षण बढ्न थालेपछि मेरो शेयरमा समस्या हुन लागेर दोस्रो बजारमा कारोबार गर्ने हरु क्लोजआउटमा परेर चर्को फाइन तिर्न परेको गुनासो बारम्बार आहिरहेको थियो।अब कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन (

आइपीओ) मा आवेदन सहज ढंगले दिन मिल्ने गरीसीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले नया वेबसाइट बनाउने भएको हो ।

आजभोली बजारमा धेरै नयाँ कम्पनीका आइपीओ निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउन सिस्टम भेन्डर कम्पनी एफवान सफ्टसँग छलफल भइरहेको पूर्णप्रसाद आचार्यले जानकारी दिएका हुन् ।

सीडीएससीका अनुसार आज शुक्रबारसम्म ३१ लाख ५८ हजार ७९६ जनाले डिम्याट खाता खोलिसकेका छन् भने नयाँ कम्पनीका आइपीओ आवेदनमा करिब १९ लाखको आवेदन पर्न थालिसकेको छ।।

सम्बन्धित :
लगानीको अवसर : आइतबार निस्कासन हुने शेयरमा कति कित्ता दिने आवेदन ?

खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?

FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय