ग्रीन लाइफको आइपियो नेप्सेमा सुचिकृत कहिले ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ । सेयर सूचीकरणका लागि नेप्सेमा पठाएको सेयर रजिष्टार्ड सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

आज अथवा भाेलि भित्रमा लगानीकर्ताकाे हितग्राही खातामा जम्मा हुने क्यापिटलले जानकारी दिएको छ। नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले कम्पनीको आईपीओ सूचीकरणका लागि निवेदन आइसकेको र सबै कागजपत्रहरु पुगेको खण्डमा यसैसाता सूचीकरण सम्झौता हुने बताएको छन् ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते देखि माघ २७ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । उक्त आइपियोमा बढी आवेदन परेको हुदा गोलाप्रथा बाट सर्बसाधारणलाइ १० कित्ता बाडफाड गरिएको थियो। जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

यो पनि पढ्नुहोस
प्राइम कमर्सियल बैंक लिमिटेडले ८ वर्ष अवधिको “८.७५ % प्राइम डिबेन्चर २०८४ ”को निष्काशन तथा बिक्री खुल्ला गरेको छ। आज देखि रु. १ अर्व ४० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले २०७७/११/१९ गते बुधबार देखि निष्काशन तथा बिक्री खुल्ला गरिने भनिएकोमा प्राविधिक कारणवस आज देखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

प्राइम कमर्सियल बैंक लिमिटेडको ८ बर्ष अवधि तथा बार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु.१,०००/- अंकित मूल्यका ३५,००,००० लाख कित्ता मध्ये २१ लाख कित्ता डिवेन्चरले हुन आउने रु.२ अर्ब १० करोड ऋणपूँजी रकम व्यक्तिगत तबर (Private Placement) बाट बिक्री गरिने तथा १४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ४० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात ७०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारणको लागि छुट्याइएकाे छ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।बार्षिक८.७५ प्रतिशत ब्याजदर भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ। बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.७५ प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।उक्त शेयरमा आवेद्दन दिन आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सकिने छ ।

आज बाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिनेछ । निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स सम्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय