खुसीको खबर: रिभल फल्स पावरlले आइपिओ निस्कासन गर्दै, कहिले र कति ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले ३ लाख ४३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । त्यसको निष्काशन गर्नका लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।नियुक्ति सम्बन्धी सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं । पछिल्लो समय उत्पादन मुलक कम्पनीहरु बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्न निकै उत्साहित देखिएका छन् ।

रिलायन्स स्पिनिङ्ग मिल्सले पनि बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यसको लागि ग्लोबल आइएमई क्यापीटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार रिलायन्स स्पिनिङ्ग मिल्सका र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सका तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्न लागेको १४ लाख ६० हजार कित्तामध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

४ हजार ३०० भन्दा धेरैे जनालाई रोजगार दिएको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय