रिलायन्स स्पिनिङ मिल्सले  बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्दै, सर्वसाधारणको लागि कति ?

काठमाडौं । पछिल्लो समय उत्पादन मुलक कम्पनीहरु बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्न निकै उत्साहित देखिएका छन् ।

रिलायन्स स्पिनिङ्ग मिल्सले पनि बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यसको लागि ग्लोबल आइएमई क्यापीटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार रिलायन्स स्पिनिङ्ग मिल्सका र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सका तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्न लागेको १४ लाख ६० हजार कित्तामध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

४ हजार ३०० भन्दा धेरैे जनालाई रोजगार दिएको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्मकै बढी आवेदन परको छ । सिडिएससीका अनुसार १८ लाख ४ हजार ६४८ लाखले आवेदन दिएका छन् । आईपीओमा ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कम्पनीका कर्मचारीलाई ३ लाख ३० हजार कित्ता र सामुहिक लगानी कोषलाई ३ लाख ३० हजार कित्ता छुट्याइएको थियो ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिने व्यवस्था गरेको थियो । आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन व्यवस्था गरेको थियो । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय