आईपीओमा नयाँ रेकर्ड, ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख बढीले दिए आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्मकै बढी आवेदन परको छ । सिडिएससीका अनुसार १८ लाख ४ हजार ६४८ लाखले आवेदन दिएका छन् । आईपीओमा ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कम्पनीका कर्मचारीलाई ३ लाख ३० हजार कित्ता र सामुहिक लगानी कोषलाई ३ लाख ३० हजार कित्ता छुट्याइएको थियो ।

बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिने व्यवस्था गरेको थियो । आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन व्यवस्था गरेको थियो । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

यो पनि पढ्नुहोस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्नगरेको छ ।
लघुवित्तको को यस आइपीओलाई इक्रा नेपालले आइआर “बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री गर्नका लागि फागुन १७ गते नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा निवेदन पेश गरेकाे छ ।

संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै लघुवित्तले आइपियो निस्कासन तथा बिक्रि गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय