काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । आज नेप्से ३.४० अंकले ओरालो लागेको हो ।
परिसुचक ०.१४ प्रतिशतले ओरालो लागेसंगै २४५८.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह बढेको छ भने बाँकी ६ उपसमुह ओरालो लागेका छन् ।अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।
आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।
मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएको र धेरैजनाले एकैपटक हेर्दा चापका कारण अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।
अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ ।
मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।