खुसीको खबर मनकामना स्मार्ट लघुवित्तले आइपिओ   निस्कासन गर्ने तयारीमा, कहिले सम्म होताता निस्कासन

मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडले आइपियो निस्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन दिएको छ। संस्थाले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपियो बिक्रि तथा निस्कासन गर्नको

लागि निवेदन पेस गरेको हो। संस्थाले आइपियो निस्कासन तथा बिक्रि गर्ने अनुमति माग्दै २०७७/११/१४ गते नेपाल धितोपत्र बोर्ड ( सेबोन )मा निवेदन दिएको हो। उक्त शेयर निस्कासनको निस्कासन तथा बिक्रि प्रबन्धकको काम एन एम बि क्यापिटलले गर्ने भएको छ।

मनकामना स्मार्ट लघुवित्तले
कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ।

नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ। मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं १ , मैत्रीपाद भैरहवा, रूपन्देही मा रहेको छ।

यस संस्याको स्थापनाकालमा अधिकृत तया जारी पूँजी रु ६ करोड ४० लाख र चुक्ता पूँजी रु ४ करोड ५५ लाख रहेकोमा आ.व.२०७६।७७ मा अधिकृत पूजी रु.१० करोड, जारी पूँजी रु ९ करोड ७५ लाखर चुक्ता पूजी रु. ६ करोड ८२ लाख ४० हजार कायम भएको थियो ।

चुक्ता पुँजी ६.८२५ करोड भएको साविकको मनकामना लघुवित्त बित्तीय संस्था र चुक्ता पुँजी ₹.१.४० करोड भएको साविकको स्मार्ट लघुबित्त वित्तीय संस्था मिति २०७७/०४/११ देखि मर्ज भए पश्चात संस्थाको कुल अधिकृत पुँजी २० करोड, जारी पुँजी १२ करोड ११ लाख ४५० हजार र चुक्ता पुँजी ८५ करोड २२ लाख ४० हजार पुगेको छ।

आर्थिक वर्ष २०७५ /७६ मा कुल आम्दानी रु.६,७६,७१,७२.६३ मध्ये कुल खर्च रु.४,८७,८०,९६६.०१ पैसा भएकोमा कारोवार पछिको मुनाफा रु.८५,९०,७६२६२ रहेकोमा आ.व. २०७६।७७ मा कुल आम्दानी रु ५,९३,२८,३६१।५२, कुल खर्च रु. ८,१९,७५, ४९९.२३ रहेको छ भने खुद मुनाफा रु ७३,५२,८६२५९ रहेको छ। यस मध्ये कर्मचारी वोनस रु ७,३५,२८६१००, आय कर व्यवस्था ठ.१९,४०,५९७७८ घटाईखुद नाफा ४६७६९७८.८१ रहेको छ ।

गत वर्षको खुद संचित नाफा ९,७४,१६६१५ रहेको छ भने यस वर्षको खुद नाफा मध्ये साधारण जगेडा कोषमा रु.९,३५,३९६.०० ग्राहक संरक्षण कोषमा रु४६,७७० र संस्थागत सामाजिक उत्तर दायित्व तर्फ रु. ४६,७७० ठुट्टयाउँदा २०७७ असार सम्म खुद संचित नाफा ४६,२२,२००९९ र साधारण जगेडा कोषमा रु. २०,६१,५८७३६ संचित रहेको छ।

आ.व. २०७६ चैत्र देखि विश्वप्यापी कोभिड १९को कारणले कारोवार आशिक रुपमा मात्र संचालनमा आएको, २०७७ वैशाख देखि कर्जाको व्याजमा ३ प्रतिशत विन्दुले श्रणीहरुलाइ छुट दिइएको कारणले संस्थाले अपेक्षित रुपमा व्याज आम्दानी हुन नसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय