ज्योति लाइफको आइपियोमा आवेदन अन्तिम चरणमा, भोलि अन्तिम दिन

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते देखिनिष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) भर्ने अन्तिम दिन भोलि रहेको छ।

माग भन्दा बढी आवेदन परेको हुनाले भोलि नै बिक्रि बन्द हुने छ। सीडीएसका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख ७६ हजार ७६१ जनाले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको भन्दा ५.०२ गुणा बढी आवेदन हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपियोको निस्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ।कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ सर्भासाधरणमा जारी गर्न लागेको हो। कम्पनीले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भने पनि सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे।

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यो पनि पढ्नुहोस आज भोलि बजारमा लगानीकर्ता माझ आइपियो चर्चाको बिषय बनेको छ। हाल सेबोनको पाइपलाइनको आधारमा भन्नेहो भने छिटै नै विभिन्न १२ वटा कम्पनीले साधारण शेयर (आइ पि ओ) निष्कासन गर्दैछन् ।त्यी कम्पनि मध्य एक साहस उर्जा कम्पनी लिमिटेड रहेको छ।सेबोनको पाइपलाइनमा रहेको हुनाले छिटै नि निस्कासन हुने सम्भाभाना रहेको छ।

साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।कम्पनिको कुल निस्कासन मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि बाडफाड गरिने छ ।

कम्प’नीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ।

नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

साहस उर्जा कम्पनी लिमिटेडले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।वि.स २०७० सालमा स्थापना भएको साहस उर्जा कम्पनीले सोलु खोला(दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

कम्पनीले मंसिर ११ गते एक सम्झौता गर्दै सेयरको प्रत्याभूति व्यवस्थापनका लागि नागरिक लगानीकोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमीटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय