वामी नमुना समाज द्वारा शोक सभा सम्पन्न

मुसिकोट गुल्मी – वामी नमुना समाज द्वारा शोक सभा सम्पन्न भएको छ ।

प्रविधिको प्रयोग गर्दै संचालन गरिएको कार्यक्रम मुसिकोट नगरपालिकाको वामी सेरा निवासी स्वर्गीय यदुमणि सापकोटाकी धर्मपत्नीको ६२ वर्षको उमेरमा भएको दुखद निधनको ७ औ दिनको पुण्य तिथि पारेर समाजले सभा सम्पन्न गरेको सस्थाका संरक्षक दिलिप थापाले नबखबरलाई जानकारी दिनुभयो ।

समाजसेवी रामु सापकोटा,लक्ष्मण सापकोटा,सुवास सापकोटा तथा परिवारजनाकी ममतामयी माता लक्ष्मी सापकोटाको निधनले सिंगो नमुना समाज, गाउ; टोल छरछिमेक आफन्तजनमा ठुलो चोट पुराएको भन्दै मृतक प्रति श्रद्दासुमन तथा परिवारजनमा समवेदना व्यक्त गरिएको हो ।

विदेशी भूमि बाट नै भय पनि मृतकको सम्झनामा केन्द्रित कार्यालयद्वारा दिवंगत आत्मको चिर शान्ति र बैकुण्ठ बांसको कामनाका साथ १ मिनेटको मौन धारण गरी उहाँले समाजमा पूर्याउनु भयको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाद्वारा श्रद्दान्जली अर्पण गरीएको हो ।

यस दुःखद घड़ीमा सस्था सम्पूर्ण परिवार र आफन्तको साथमा रहेको सम्पूर्ण उपस्थित महानुभावले उल्लेख गर्नु भयको थियो ! अनलाइनमा संस्थाका वरिष्ठ तथा ज़िम्मेवार पदाधिकारी हरूको धेरै उपस्थिति रहेको थियो ।

अभिभाबक परिषद संयोजक अर्जुन रायमाझी ज्यूबाट मृतक आमाले समाजमा पूर्याउनु भयको योगदानको विशेष मन्तव्य राख्नु भयको थियो भने अन्तिममा संस्थाका अध्यक्ष ज्यूबाट छोटो मन्तव्य बाट कार्यक्रमको समापन गरीयको थियो ।

शनिबार गरिएको कार्यक्रममा वामी नमूना समाजद्वारा संस्थाका अध्यक्ष श्री बाबूराम खरेलको अध्यक्षतामा स्वर्ग़ीय श्रीमति लक्ष्मी सापकोटाप्रति अनलाइन ( Viber ) बाट शोक सभा सम्पन्न भयको हो भने कार्यक्रम संचालन महासचिव पुस्कर खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय