खुसीको खबर २९ करोडको IPO निस्कासन मिति सार्बजनिक

पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेको IPO को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस लगानी कर्ताहरुका लागी खुसीको खबर,चैत १ गतेदेखि ऋणपत्र निस्कासन तथा बिक्रि खुला गर्ने

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निस्कासन तथा बिक्रि खुला गर्ने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले 2077/05/29 गते सेबोनमा ऋणपत्र निस्कासन गर्न अनुमति माग्दै निवेदन दिएको थियो

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.—(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय