चैत १ गतेदेखि ऋणपत्र निस्कासन तथा बिक्रि खुला गर्ने

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निस्कासन तथा बिक्रि खुला गर्ने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले 2077/05/29 गते सेबोनमा ऋणपत्र निस्कासन गर्न अनुमति माग्दै निवेदन दिएको थियो

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.—(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

यो पनि पढ्नुहोस बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।

पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ ।

युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय