सर्वोत्तम सिमेन्ट आइपीओ निष्कासन काम अन्तिम चरणमा, कहिले सम्म हुन्छ त निस्कासन

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।
पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट
उत्पादन गर्दै आएको छ ।

यो पमी पढ्नुहोस प्री ओपनिङ्गमा नेप्से बढे संगै निफ्राको मूल्य पनि बढेको छ। आज ५६० बाट कारोबार सुरु भएको थियो भने निफ्रा ८ अंक बढेर ५६० पुगेको हो। प्री ओपनिङ्गमा निफ्राको ९०५ कित्ताको शेयर कारोबार भएको छ। प्री ओपनिङ्गमा नेप्से १३ दसमलब २९ अंकले बढेर २५१९ दसमलब ९७ पुगेको छ। आज प्री ओपनिङ्गमा ३२ वटा कम्पनीले सकारात्मक कारोबार गरेका छन्।आज बेलुका सम्ममा मूल्य बढ्यो भने अधिकतम बढेर निफ्राको मूल्य ६०७ हुने छ भने अधिकतम घटेमा ४९७ हुने छ। तर बजारको निफ्राको माग धेरै बढी रहेको हुदा अधिकतम घटने सम्भावना भने कम रहेको छ।

लगातार घटिरहेको निफ्राको शेयर मूल्य गत साता बढेको थियो। गत साता ५०८ बाट कारोबार सुरु भएको निफ्राको मूल्य बढीमा ५५८ र कम्तिमा ५०८ मा कारोबार भएको थियो भने ५५२ मा अन्तिम कारोबार भएको थियो । ७२६ पुगेर घटेको निफ्राको मूल्य अब बढ्ने क्रममा रहेको केहि जानकार हरुको भनाइ छ। नया लगानीकर्ताहरु आत्तिएर शेयर धमाधम शेयर बेच्न थालेपछि मूल्य घट्दै आएको थियो।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर
५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय