काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताए । दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।
मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ ।’
उनले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।
आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरेको प्रधानमन्त्रीले बताए । ‘मलाई अत्यन्त दुःख लागेको छ, हाम्रा बस्तीहरु जल्नु ज्यादै दुःखको कुरा हो
,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुरक्षाकर्मीहरु त्यहाँ पुगिसकेका छन् । उद्धार गर्ने कामहरु गरिसकेका छन् ।’-
अनलाइनखबर
यो पनि पढ्नुहोस फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो ।
आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’
आगलागीको कारण खुलेको छैन । आगोले पुर्यारएको क्षतिको विवरण पनि आइसकेको छैन ।