आज भोलि बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नयाँ बीमा कम्पनी संचालन गरि आइपियो निस्कासन गर्ने तयारी भएको छ ।
तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई आईपीओ निस्कासन गर्ने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको छ ।तिन अर्बको आइपियो निस्कासन गर्ने प्रस्ताब सहित काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी
भएको हो ।

कम्पनीमा ७० प्रतिशत संस्थापकबात लगानी हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ ।
उक्त कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ,जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएकाे छ । कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ भने
सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउने तयारी छ ।
बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ ।
यो पनि पढ्नुहोस आज सिंगटी हाइड्रोको आईपीओ आज बाडफाड हुदै, दोस्रो चरणको निस्कासन कहिले ?
सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर आज बाँडफाँट गरिने भएको छ । कम्पनीले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो।
उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।
आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसो साढे ३ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ।