सिंगटी हाइड्रोको आईपीओ आज बाडफाड हुदै, दोस्रो चरणको निस्कासन कहिले ?

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर आज बाँडफाँट गरिने भएको छ ।

कम्पनीले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो।

उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसो साढे ३ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ।

यो पनि पढ्नुहोस आज निफ्राको शेयर मूल्य सकारात्मक परिबर्तन आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। सुरुमा घटेको बाजार समाचार तयार पर्दा सम्म 22. ६२ अंकले बढेर २४९७ .०२ पुग्दा निफ्राको शेयर मूल्य १.५७प्रतिसत अर्थात् ८ रुपिया बढेर ५१६ मा कारोबार भहिरहेको छ।

५०८ बाट कारोबार सुरु गरेको निफ्राले ४८२ सम्म पुगेर फेरी मूल्य बढाउन सफल भएको छ। आज बढीमा निफ्राको शेयर ५३५ मा कारोबार भएको छ। समाचार तयार पर्दा सम्ममा ४ लाख ८१ हजार ७ सय ८० कित्ताको कारोबार भइसकेको छ।

लगानीकर्ताले आफु संग भएको शेयर होल्ड गरेको कारण पनि मूल्य बढ्न लागेको केहि लगानीकर्ताको भनाइ छ। बेलुका सम्ममा मूल्य अझै बढ्ने र भोलिको दिन बाट बुलिस ट्रेन्डमा जाने केहि विश्लेषकको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय