भगवती युवा क्लब धुर्कोट द्वारा निन्युखर्क मा.विमा अक्षय कोषको स्थापना

अनिष पन्थी गुल्मी शैक्षिक प्रोत्साहन पुरस्कार अन्तर्गत श्री भगवती युवा क्लब धुर्कोट गाउँपालिका ३ हाडहाडे गुल्मीले निन्युखर्क माध्यामिक विद्यालय धुर्कोट-३ हाडहाडे गुल्मीको ६२ औं बार्षिक उत्सवको अवसरमा अक्षय कोषको स्थापना गरेको छ ।

धुर्कोट गाउंपालिका का अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको बिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापालाई अक्षय कोषको लागि रु १०,००० हस्तान्तरण गरिएको हो ।विद्यार्थीहरुलाई वार्षिक रूपमा प्रोत्साहन स्वरूप त्यसबाट प्राप्त हुने ब्याज बाट केहि रकम र प्रशंशा पत्रले सम्मान गर्ने योजना अनुरुप उक्त विद्यालयमा रु दश हजारको अक्षय कोषको स्थापना गरिएको बताइएको छ।साथै बार्षिकोत्सवको अबसर पारेर विद्यालय प्रथम,

द्वितीय,र तृतीय, साथै अनुशासित र सरसफाइमा ख्याल गर्ने पाँच जना विद्यार्थीहरुलाइ पुरस्कृत गर्ने योजना अनुरुप बिद्यालय व्यवस्थापन समिति संगको सहकार्यमा अक्षय कोष स्थापना गरिएको क्लबका सदस्य प्रकाश खत्रीले जानकारी दिए ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष एस के सि ले हाम्रो क्लबको तर्फबाट प्रदान गरिने उक्त पुरस्कार राशी र सम्मान पत्रले विद्यार्थीहरुमा पढाइप्रती प्रतिस्पर्धाको भावना जगाउँदै शैक्षिक स्तर उकास्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।

यसरी नै हाडहाडे भित्रका सम्पुर्ण विद्यालयहरुमा अक्षयकोष संचालन गर्ने तयारी रहेको अध्यक्ष के सि ले उल्लेख गरे ।

कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने समाजसेवी भरत खत्री, पृतम जि सि, रोशन खड्कालाई क्लबले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय