आईपीओको नतिजा हेर्न नंया तरिका

काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।

आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएको र धेरैजनाले एकैपटक हेर्दा चापका कारण अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ ।

मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय