मुसिकोटमा देउसी भैलो खेलेर जम्मा गरेको रकमले पौवा निर्माण

गम्भीर खत्री मुसिकोट गुल्मी गुल्मी मुसिकोट नगरपालिका ८ आपँचौरमा श्री जानकी प्रगतिशील आमा समुहद्वारा एक पौवा निर्माण कार्य सुरु भएको छ l

लक्ष्मी भण्डारी अध्यक्ष र सचिव सम्झना खत्री लगाएत अन्य ३० सदस्य भएको यस श्री जानकी प्रगतिशील आमा समुहले स्थापना भएको १० बर्ष सम्म देउसि भैलो , बिदेशी लाहुरे आउदा गरेको सक्दो सहयोग रकम संकलन गरि आपँचौरमा पौवा निर्माण तथा शित्तलपोखरी र चौपारी मर्मत मर्मत कार्य सुरु भएको समुहकी अध्यक्ष lलक्ष्मी भण्डारीले जानकारी दिनिभायो

मिति २०७७ साल फाल्गुन ३ गते समुहकी अध्यक्ष लक्ष्मी भण्डारी अध्यक्षतामा बसेको बैठकले आपचौरमा पौवा निर्माण तथा शित्तलपोखरी, चौपारी र पोखरी मर्मत कार्य गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय भएपछी तत्काल पौवा निर्माणको काम सुरु गरिएको र यो महिना भित्रमा पौवा निर्माण काम सम्पन्न हुने पौवा निर्माण समितिका अध्यक्ष मान बहादुर रायमाझीले जानकारी दिनुभयो

त्यसै गरि यस अामा समुहले बिभिन्न पार्टीपौवा निर्माण , धार्मिक कार्य , मोटरबाटो र खानेपानी जस्ता आवश्यक कार्यमा समूहले सक्दो सहयोग गर्दै आएको छ

त्यस्तै गरि बिभिन्न पुजापाठ विवाह वर्त बर्बन्ध जस्ता विविध कार्यको लागि आबस्यक पर्ने भाडाकुडा लगाएतका अन्य सामाग्री उपलब्द गराइदै आएको समुहकि सचिब सम्झना खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय