गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको सदस्यता वितरण तथा अधिवेशनबारे छलफल कार्यक्रम सम्पन्न

विष्णुप्रसाद आचार्य /भुवन काफ्ले /मुसिकोट गुल्मी /नबखबरगुल्मी मुसिकोट उद्योग वाणिज्य संघ मुसिकोटको भेला सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकाको वामी पल्टारस्थित हाटबजार स्थलमा शनिबार भेला सम्पन्न भएको हो ।भेलामा उद्योगी,व्यापारी,व्यवसायी,समाजसेवी,जनप्रतिनिधि,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

भेलामा व्यापारीहरुका वाध्यता,प्रतिस्पर्धा,आधिकारिकता आदिबारे छलफल भएको थियो। व्यापारीहरुलाइ कतिपयले ठग्ने,नाफाकै लागिमात्र काम गर्ने लगायतका शब्दद्वारा परिभाषित गरिएको पाइन्छ र यस्तो कुरा समस्त व्यापारिहरुको लागि दुखको कुरा भएको कुरा उल्लेख भएका थिए ।

चिया पसलदेखी सुनचाँदी व्यसायिसम्म सबैले आफ्ना परिधिभित्र रहेर व्यापार गर्नुपर्ने, मुल्यसुची राख्नुपर्ने,अखाद्य वस्तु नबेच्ने, म्याद नाघेका वस्तुहरु नबेच्ने गरेमा असल

व्यापारी बन्न सकिने र समग्र व्यापार क्षेत्रको गरिमा नै बढ्ने कुरा

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोपिकृष्ण खरेलले बताउनुभयो ।

साथै उहाले आउदो वैशाख १५ गतेभित्र अधिवेशन गर्नुपर्ने भएकोले चैत्र १५ गते भित्र वाणिज्य संघको साधारण सदस्यता तथा नविकरण गरि अधिवेशनको तयारिमा लाग्न समेत उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा समितिका सदस्य ज्ञानहरी सापकोटाले व्यापारि बन्नका लागि पनि धेरै किसिमका नियमहरु हुने भएकोले नियम पूरा गरेरमात्र ब्यापार व्यवसाय गर्न अनुरोध गर्नुभयो ।

मुसिकोट नगरपालिका व्यापारीक क्षेत्र भएपनी कतिपय कुराहरुमा पछाडी परेकोले वास्तवमै व्यापारिक क्षेत्र बनाउने कुरामा अगाडि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी मन्चका अध्यक्ष फुलप्रसाद सापकोटाले दर्ता वा नविकरण नगरिकन कुनै ब्यापारीहरुले

व्यवसाय संचालन गर्न नहुने र यस्ता व्यापारीहरुलाइ समन्वय गरेर प्रक्रियामा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै ब्यवसायिको तर्फबाट बोल्दै राम बहादुर बोहराले जसले जे व्यापार गर्ने हो किटान गरेर बिधिवत रुपमा ब्यापार गर्न उहाले आग्रह गर्नुभयो ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडा सदस्य समेत रहनुभएका लक्ष्मण खरेलले कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका भित्र धेरै पहिलेदेखी नै व्यापार व्यवसाय सन्चालन गर्दै आएपनी सुधार गर्नुपर्ने र विधिवत रुपमा

व्यापार गर्ने ब्यापारीको संख्या कम भएमा विभिन्न अनुगमनले एक्कासि दुख दिन सक्ने भन्दै आजबाट नै प्रक्रिया पूरा गरेर व्यापार, व्यवसाय गर्न सम्बन्धित सबैलाइ आग्रह समेत गर्नुभयो ।

संघका सचिव महेश्वर घिमिरेले एक वर्ष अगाडि सम्पन्न गरिएको मुसिकोट महोत्सवको आम्दानी खर्च समेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

जसमा १९ लाख ३९ हजार ९ सय अडतिस आम्दानी र २४ लाख ५० हजार ५ सय पन्चानब्बे बराबरको आम्दानी खर्च सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा उठ्नुपर्ने रकम नउठेपछि अहिले ५ लाख १० हजार ६ सय ५७ रुपियाँ महोत्सवबाट घाटा देखिएको छ ।

उठ्नुपर्ने रकम उठेमा महोत्सव नाफामै देखिन्छ ।

गुल्मी मुसिकोट उद्योग वाणिज्यसंघका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष गोपिकृष्ण खरेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन सचिव महेश्वर घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय