महिला लघुवित्तको आईपीओ बाँडफाँड, करिब १५ लाख जना भए खाली हात

काठमाडौँ । महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँड भएको छ।

प्रिअलटमेन्ट मंगलबार नै भएकोआईपीओ शुक्रवार विहान ८ बजे बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एसबिआई मर्चेण्टका अनुसार लघुवित्तको आईपीओमा मागभन्दा ६५ गुणा भन्दा धेरैले आवेदन परेको थियो ।लघुवित्तको आइपीओमा १५ लाख ४० हजार

३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्ध गरिएको

जनाइएको छ। २ करोड ३६ लाख ९२ हजार ६३० कित्ताको माग सदर भएको थियो ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जना भाग्यमानीले मात्रै शेयर पाएका छन्।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

१५ लाख ३६ हजार ६८२ सदर आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०÷१० कित्ता हात पारेका छन् । बाँकी करिब १५ लाख भने रित्तो हात भएका छन् ।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो ।

यो आईपीओको नतिजा मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ हेर्नकिनेछ।-ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय