मुसिकोटका युवा मृगौलाको डायलासिस गराउदै; वामी सेवा समिति जापानले गर्यो सहयोगको लागि अपिल

विष्णुप्रसाद आचार्य_भुवन काफ्ले _ मुसिकोट गुल्मी_ नबखबर गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारका एक युवा जापानमा मृगौलाको समस्याबाट पिडित हुनुभएको छ

वामिटक्सार स्थायी घर भइ हाल जापानमा वैदेशिक रोजगारीको क्रममा रहनुभएका चन्द्र बहादुर श्रीषका दुवै मिर्गौला फेल भएपछी उहालाई समस्या भएको हो ३७ वर्षका चन्द्र बहादुर श्रीषलाइ लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो समस्याले सताएपछी वामी सेवा समितिले सहयोगको लागि अपिल समेत गरेको छ

नेपालको काठमाडौंमा ब्लयु क्रस हस्पिटलमा समेत लामो समयसम्म उपचार गराइरहेका उहाको खर्च बढी लाग्ने देखिएपछी जापान नै गएर उपचार गराइरहेको संथाका उपाध्यक्ष दिलिप थापाले नबखबरलाई जानकारि दिनुभयो

अन्तत मृगौला प्रत्यारोपण गर्नुसिवाय अर्को विकल्प नभएका श्रीषले वामी सेवा समिति जापानका अध्यक्ष समेत

रहेका कृष्णप्रसाद सापकोटासंग भेटघाट गरि सहयोगको लागि अनुरोध समेत गरेकोले मानवीय समवेदनालाई ख्याल गरि सहयोगको लागि समितिले जापानमा रहेका विभिन्न

महानुभावहरु,संघसस्थाहरु,शुभचिन्तकहरु,सम्पूर्ण मित्रजनहरु लगायत कोमल हृदय भएका व्याक्तिसामु सहयोगको लागि आग्रह सहितको निर्णय समेत गरेको छ

वामी सेवा समिति जापानका अध्यक्ष कृष्ण प्रसाद सापकोटा र सचिव महेन्द्र सापकोटाद्वारा सहयोगको लागि अनुरोध गरिएको पत्रमा श्रीष अहिले जापानको टोकियोमा बस्दै आउनुभएको छ

भने जापानमै रहेको मोचिहोसी हिराचुका क्लिनकमा नियमित रुपमा डायलोसिस गराउदै आउनुभएको जानकारि गराइएको छ

श्रीषले अहिलेसम्म उपचारमा निकै खर्च भैसकेको बताएका छन् भने घरको आर्थिक अवस्था पनि निकै नाजुक भएको बताइएको छ

यदि कसैको सहयोग प्राप्त नभएमा उहा आफैले उपचार गर्न नसक्ने अवस्था रहेको उहाका बुवा इन्द्र बहादुर श्रीषको भनाइ छ

यस विषयमा मुसिकोट नगरपालिकाले समेत सिफारिसपत्र बनाइदिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय