ओली निकट नेकपाको अगुवा कार्यकर्ता भेला मुसिकोटमा सम्पन्न

सागर भण्डारी,गुल्मी गुल्मी: प्रधानमन्त्री ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोटको नगरस्तरीय अगुवा कार्यकर्ता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद कमल श्रेष्ठले पार्टीको असहयोगका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताउनुभयो । उहाँले नेकपाबाटै प्रधानमन्त्रीलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने जस्ता कार्य अगाडि बढाएपछि संसद विघटनको अवस्था आएको बताउँदै नेपालमा केपी ओली नेतृत्वको सरकारबाहेक अरुले काम गर्न नसकेको बताउनुभयो।

त्यस्तै उहाँले कुचोले बढार्नु पर्नेलाई हावाले उडाएको भन्दै सचिवालयका ७५ वटा बैठक बस्दा एकपटक पनि देशको बारेमा नबोल्ने र खालि केपी ओलीलाई सरकार देउ मात्रै भन्ने गरेकाले देशलाई बचाउन ओलीले संसद विघटन गर्नुभएको बताउनुभयो। प्रधानमन्त्रीको निर्देशन नमान्ने र देशभर विकासको लहर चलेका असफल बनाउन पार्टी भित्रैबाट लाग्दा यस्तो परिणाम आएको धारणा व्यक्त गर्नुभयो।

“प्रचण्डको ढाडमा टेकेर अरुलाई टाउकोमा हान्ने बानी रहेछ, माधव नेपालले फेरी ढाड थापिदिनुभएको छ हेरौँ प्रचण्डले फेरी माधवलाई पनि टाउकोमा हान्नेछन्”,उहाँले भन्नुभयो । त्यस्तै प्रचण्ड माधव समुहका केही नेताहरु ससंद विघटन पछि सडकमा हामी यहाँ छौँ भन्दै आउनु हामी पछारिएर यहाँ आयौँ भन्न खोजेको भन्दै व्यग्ंय समेत गर्नुभयो।

त्यस्तै लुम्बिनी प्रदेशका सांसद खड्क केसीले संसद विघटनपछि अबको विकल्प मध्यावधि निर्वाचन भएको भन्दै संसद पुनःस्थापना नहुने बताउनुभयो। जनमतको कदर गर्दै चुनावमा जानु अग्रगमन भएपनि त्यसलाई नबुझेर प्रचण्ड माधव नेतृत्वले गलत व्याख्या गरेको आरोप लगाउनुभयो।

अग्रगमन भनेको के हो ? खड्काले भन्नुभयो के प्रतिगमन केलाई भन्छन्? हावामा शब्दको भाव नबुझी बोलेर हुन्छ भन्दै प्रश्न समेत गर्नुभयो। त्यस्तै उहाँले पार्टी भित्रका घँसेटा, खिया र फोहोरहरु पखालिएकाले अब शुद्ध पार्टी बनेको भन्दै पार्टीलाई सुदृढिकरण गरेर अगाडी बढ्ने बताउनुभयो।

भेलामा नेकपा नेतृ मैना भण्डारीले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी काम गरिरहेको अवस्थामा पार्टी भित्रबाटै भएको असहयोगले संसद विघटन जस्तो अप्रिय निणर्य गर्नुपरेको बताउनुभएको थियो। उहाँले ससंद विघटन कानुनतः रहेको समेत दाबी गर्नुभयो। केपी ओली सरकार लोकप्रिय हुने भयो भन्दै अत्तालिएर लिपुलेक ,लिम्पियाधुलाई नक्सामा समावेश गर्दा हातखुट्टा नै बाँधिएकाले संसद विघटन गर्नुपर्ने स्थिति आएको धारणा व्यक्त गर्नुभयो।

अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपाले विजयी हासिल गरेर पुनः जनताबीच फर्किने समेत उहाँले दाबी गर्नुभयो ।

त्यस्तै ओली नेतृत्वको नेकपा जिल्ला कमिटी सयोंजक मधुकृष्ण पन्तले यो लडाई पद र प्रतिष्ठाको लडाई भएको बताउनुभयो। हिजो आफुसगं भएको बेला सबै ठिक हुने आज बाहिर जाने बित्तिकै जनतालाई अनेकन भ्रम सिर्जना गर्न खोजेको भन्दै उहाँले संसद विघटन बाध्यकारी कदम भएको बताउनुभयो।

पूर्व माओवादीका केही नेताहरुसमेत ओली नेतृत्वको सरकारको कार्यशैली देखेर केपी सरकारलाई सहयोग गर्न लागि परेको भन्दै संविधान निर्माणमा केपी ओली जस्ता नायक नभएको भए काँग्रेस समेत अलमलमा परेको बताउनुभएको थियो।

कार्यक्रममा नेता बालसिंह काउचा, मुसिकोट नरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्री, ५ का वडाध्यक्ष भागीरथ खरेल, वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, वडा नं ९ का वडाध्यक्ष नरेशराज खराल लगायत नगरपालिकाका ९ वटै वडाका अगुवा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । रुद्रवती बहुमुखी क्याम्पसको सभाहलमा नेता तथा कार्यकर्ताको उपस्थिती देखेर जिल्लाबाट आएका नेताहरु समेत उत्साहित भएका थिए।

नेकपा मुसिकोट संयोजक एवम् वडा नं ३ का वडाध्यक्ष कणर्ध्वज जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो। सोही अवसरमा उहाँले ९५ प्रतिशत पूर्व ऐमाले ओली नेतृत्वको नेकपामा रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय