रुरु जलविद्युत् परियोजनाको आइपिओ खुल्यो,कति दिन सकिन्छ आवेदन ?

काठमाडौँ । रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गते अर्थात शुक्रवारबाट आईपीओ विक्री शुरु गरेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।दुई हप्ता अघि आईपिओ निष्काशन गर्न अनुपति पाएको यस परियोजनाले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न लागेको छ ।

जसमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरिएको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गरेको हो ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित जनाउँछ।

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामीटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ फागुन २१ गतेसम्म छिटोमा र ढिलामा चैत ८ गते बैंकिङ समयपछि हुने एनएमबि क्यापिटलले जनाएको छ ।

नेपाली शेयर बजारमा आईपिओ निकै चासोको बिषय बन्दै आइरहेको छ । दोस्रो बजारमा शेयर कारोबार गर्दा जोखिम हुनसक्ने भएको कारण पनि आईपिओमा धेरै मानिसहरुको आकर्षण बढीरहेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय