महिला लघुवित्तको आईपीओ आजबाट बन्द हुदै हालसम्म कतिले भरेत आईपीओ,

काठमाडौँ । महिला लघुवित्तले गत माघ ३० गतेबाट खुलाएको आईपीओ भर्ने आज अन्तिम दिन हो ।

लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

यसअघि हिजोसम्म आवेदन दिन सक्ने भनिएको थियो । तर सार्वजनिक विदाको कारण एक दिन लम्बाइएको हो ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्ने छन्।

महिला लघुवित्तले गत माघ ३० बाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार मंगलवार साँझसम्म आईपीओमा करिब ६० गुणा आवेदन परेको छ ।

२ करोड २४ लाख ८२ हजार ७२० कित्ता अर्थात २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय