काठमाडौँ । नेपाली शेयर बजारमा आईपिओ निकै चासोको बिषय बन्दै आइरहेको छ ।
लाखौँ नयाँ लगानीकर्ता थएिको समयमा आईपिओ कहिले निष्काशन हुँदैछन् भन्ने धेरैको चासोको विच यसै साता आठ करोड रुपैया बराबरको प्राथमिक शेयर निष्काशन हुन लागेको छ ।

यसैवीच रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका
लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
गत हप्ता आईपिओ निष्काशन गर्न अनुपति पाएको यस परियोजनाले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न लागेको छ ।
जसमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।
त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ फागुन २१ गतेसम्म छिटोमा र ढिलामा चैत ८ गते बैंकिङ समयपछि हुने एनएमबि क्यापिटलले जनाएको छ ।
दोस्रो बजारमा शेयर कारोबार गर्दा जोखिम हुनसक्ने भएको कारण पनि आईपिओमा धेरै मानिसहरुको आकर्षण बढीरहेको छ ।