काठमाडौं । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे छाएको छ ।
म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक–इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९्३१ प्रतिशतले ओरालो लागेकोको छ ।
केहि दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन ।
दिनभर भएका भएका ५८ हजार ३ सय ९ कारोबारबाट २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।
आइतबार धेरै गुमाउनेमा लघुवित्त कम्पनीहरु धेरै देखिएका छन् । यो समूहको सब इन्डेक् १ दशमलव ८३ अंकले ओरालो लागेको छ । धेरै गुमाउनेको पहिलो नम्बरमा सपोर्ट माइक्रोफाइनान्स देखिएको छ ।
जसको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । दोस्रोमा स्वाभिमान लघुवित्तको सेयर मूल्य धेरै घटेको छ ।
धेरै कमाउनेहरुमा भने आइतबारबाट मात्रै कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।
कारोबार शुरु भएकै दिन निफ्राको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ ।