काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् ।
पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका छन् ।

आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन बसेका छन् ।
पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण
जोखिम बढेको उनले बढाए । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको अनसनरत कोइरालाले जानकारी दिए ।
अहिले खासगरी १८ वटा कामहरु गर्नुपर्ने छ, ति कामहरु १ वर्ष अगाडि नै गर्नु पर्ने थियो गरिएन’ कोइरालाले अनलाइनखबरसँग भने,
‘यी काम नहुँदा सेयर बजारमा रिस्क बढेको छ जसले बजार विकास अवरुद्ध भएको छ, यो नै हाम्रो एक शुत्रीय माग हो ।’ सरकारी पक्षबाट यी मागहरु पुरा नभएसम्म आफ्नो अनसन जारी रहने उनले बताए ।