“हामी जनता नै केही परिवर्तन हुनु जरूरि छ।”- समुन्द्र अर्याल

समुन्द्र अर्याल, मुसिकोट ५ आपचौर, गुल्मी

नेपाली जनताले परिवर्तन,स्वतन्त्रता र विकासको आशमा जहानिय राणा शासनको अन्त्य गरे ।

पञ्चायत र राजतन्त्र पनि देशबाट फ्याकियो ।

त्यसका लागि नेपाली जनता २०४६ सालको अान्दोलन ,२०५२ देखि ६२ सम्मको जनयुद्ध र ६२/६३ को जनअान्दोलनमा रोमलिए ।

त्यसका लागि हजारौं नेपालि दाजुभाइ दिदिबहिनीहरू सहिद भए ।

ती सहिद भएका नेपाली दाजुभाइ दिदिबहिनीहरूको परिवार अनाथ भए । तैपनि लोकतन्त्र अाउने र धेरै अामुल परिवर्तन हुने कुरालाई सम्झेर त्यो पीडा भुलाए ।

०६२/०६३ को जनअान्दोलन पश्चात लोकतन्त्रको स्थानपना भयो ।

घरघर मा दीप जले ,खुसियाली छायो ।सबैको मनमा अाशको किरण थियोे कि अब विकास निर्माण ,सुख, सुविधा,विज्ञान,प्रविधि ,अनुसन्धानमा देशले ठुलै फड्को मार्छ ।राजनैतिक पार्टीहरूको अाश्वासनलाई जनताले समर्थन गर्दै अाए ।सधै साथ दिदै अाए।चुनाव पनि भइराख्यो ,

जनप्रतिनिधिहरू केन्द्रमा गइराखे ,जनताको कर र विदेशमा नेपाली दाजुभाइ दिदिबहिनीले पसिना बगाएर पठाएको रेमिटान्समा तलब र भत्ता पनि खाइराखे ,सुख सुविधा चिल्ला गाडिमा पनि दौडिराखे तर जनताको हातमा शुन्य बाहेक अरू केही परेन ।

कैले एउटा पार्टी अाउछ, हो रैछ भन्ने पार्छ। कैले अर्को पार्टी अाउछ।

बाटो हेर्दा हेर्दै यतिका समय बित्यो तर देश र जनताको बारेमा सोच्ने र काम गर्ने कुनै पार्टी र सरकार अाएन ।जनताका अगाडि रहुन्जेल लरक्कै पार्ने जब केन्द्रमा पुग्छन।उहीँ पुरानै खेलमा सहभागिता जनाउन थाल्ने , सम्पूर्ण नेता भनाउदाको प्रवृत्ति भयो ।

सडकको हालत अस्तव्यस्त छ ,हस्पिटलमा सिटामोल छैन ,केही सरकारि काम गर्नुपर्यो भने पैसा नदिई काम हुदैन ,

महँगीले अाकाश छोयो ,बजार भाउ नियन्त्रण गर्न सक्या छैन ,कालोबजारि व्याप्त छ ,बलत्कार ह’त्या हिं’सा चो’रि ड’कैती दिनानुदिन बढ्दै छन ,सरकारि विद्यालयको अवस्था दयनिय छ ।

सरकारि विद्यालयमा विद्यार्थी संङ्ख्या दिनानुदिन घटिरहेको छ ।वन्यजन्तु र काठ त’स्करी बढिरहेको छ ।

तर यी यावत कुराहरू अाँखा अगाडि छर्लङ्ग हुदाहुदै पनि हाम्रा देशका नेता /जनप्रतिनिधि भनाउदा कुर्सी ,पद र पार्टीको अान्तरिक झैझ’गडा मै अाफ्नो कार्यकाल बिताउन लागिसके ।

यी हाम्रा नेताहरूको यस्तो प्रवृत्तिको बारेमा जानकार हुदा हुँदै पनि केही भेडा जनताहरू उनी कै जयजयकार गर्न मै व्यस्त देखिन्छन ।

यो पार्टी, उ पार्टी भन्दै सधै दौडिरहेका छन ।उनैको बारेमा अाफ्नै छिमेकीसँग झगडा गर्छन ।आफु अाफुमा मनमु’टाव राख्छन । अाफ्नो समर्थनको पार्टीले गरेको नराम्रो कामको ढाकछोप गर्ने ।

अर्को पार्टीले गरेको राम्रो कामको प्रशंसा पनि गर्न नसक्ने हाम्रा देशका जनताहरू छन ।

देशका युवा नेतृत्व भनाउदाहरू अाफ्नो सम्पूर्ण जीवन नै कुर्सी पदको लागि मरिहत्ते गर्ने बुढा तिल्के नेताको पुच्छर समातेर बैतर्णी तर्न मै व्यस्त देखिन्छन ।अबको नयाँ पुस्ताले राम्रो काम लाई राम्रो ,नराम्रो काम लाई नराम्रो भन्न सक्नु पर्छ ।

त्यो काम जुनसुकै पार्टीको किन नहोस् ।अब देश विकासका लागि सम्पुर्ण नयाँ पुस्ता एकजुट भइ ” हाम्रा मान्छेलाई हैन राम्रा मान्छेलाई” नेतृत्व सुम्पिनु पर्छ ।

तब बल्ल देशले विकासको गति लिनेछ ।
जय देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय