फागुन २ र ३ गते निः शुल्क आँखा शिविर सञ्चालन हुने

गुल्मीको मालिका गाउँपालिकाले नि शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले फागुन २ र ३ गते नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

फागुन २ गते गाउँपालिकाको वडा नम्वर दुइ च्यानडाडामा रहेको सामुदायिक स्वास्थ्य

इकाइ र फागुन ३ गते वडा नम्वर पाँचको छापहिलेमा रहेको सामुदायिक

स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए ।

शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

साथै शिविरमा मोतीया विन्दु देखीएका बिरामीको फागुन १० गते सिमलटारी आँखा उपचार केन्द्रमा नि शुल्क शल्यक्रिया गरिने र बिरामीको लागी नि शुल्क यातयातको व्यवस्था गरिएको गाउँपालिकाले मालिका गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय