गुल्मी नेकपा प्रचण्ड-माधव समूहको अध्यक्षमा सोमनाथ सापकोटा मनोनयन

गुल्मी । प्रतिनिधिसभा भंग भएसँगै विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश तथा जिल्ला तहमा पनि विभाजन शुरू भएको छ ।

गुल्मीमा जिल्लामा पनि नेकपा विभाजित भएको छ । हालसम्म अध्यक्षमा रहेका मधुकृष्ण पन्त ओली समूहमा गएपछि प्रचण्ड–नेपाल समूहले अध्यक्षमा सोमनाथ सापकोटालाई मनोनयन गरेको छ ।

लामो समयमा सचिबको रुपमा काम गरेका सापकोटा मुसिकोट नगरपालिकाका मेयर समेत हुनुहुन्छ ।

हाल गुल्मीमा नेकपाको १४५ सदस्यीय कार्यसमिति रहेको छ ।

उक्त कार्यसमितिमा ९१ सदस्यहरु आर्फूहरुसंग रहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

‘कमिटिको बहुमत सदस्य यतै हुनुहुन्छ, रिक्त भएका पदहरु परिपूर्ति हुन्छ, कमिटि १४५ सदस्यीय नै बन्छ।’ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

काठमाडौं । नेकपाको असन्तुष्ट प्रचण्ड माधव पक्षले यही माघ २८ गते काठमाडौंमा आयोजना गरेको आमसभाको तयारी तिव्र बनाएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन’ गर्ने जनाएको छ।

यसअघि प्रचण्ड–माधव पक्षले माघ ९ गते पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २८ गतेको सभा माघ ९ गते नै कार्यक्रम रहेको स्थान, प्रदर्शनीमार्गमा गरिने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ।

सहसंयोजक भट्टराईले जनसभालाई व्यापक बनाइने दाबी गर्नुभयो। मुख्य रूपमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता हुने उक्त सभामा देशका अन्य क्षेत्रबाट पनि अगुवा कार्यकर्ता सहभागी हुने उहाँले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंको नारायणहिटी संग्राहलय अगाडि सभा गरेको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय