कलेज भर्ना हुन ब्वा’यफ्रेण्ड अनिवार्य

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा युवतीहरुलाई ।

प्रेमी प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् ।

यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ ।

सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अ’नौठो छ ।

त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वा’यफ्रेण्ड बनाउनै पर्नेछ ।

ब्वा’यफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सू’चनामा उल्लेख छ । सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ ।

छात्राहरुको सु’रक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा ।

 

भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ ।

छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वा’यफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ । आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सू’चना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्र’शासनको ध्यान आ’कर्षित भएको छ ।

सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फ’र्जी रहेको कलेज प्र’शासनले जनाएको छ ।

कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त का’रावही हुने पनि कलेजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय