मुसिकोट नगरपालिकाको निर्णयप्रती वडा नम्बर ७ वामीको विरोध

विष्णु प्रसाद आचार्य / भुवन काफ्ले/ मुसिकोट गुल्मी मुसिकोट नगरपालिकाको निर्णयप्रती वडा नम्बर ७ वामी वडा कार्यालयको समितिले विरोध जनाएको छ ।

सोमबार वडाकार्यालयमा बसेको वडासमितिको बैठकले नगरपालिकाको निर्णयको विरोध गर्ने निर्णय भएको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले नबखबरलाइ जानकारी दिनुभयो ।

वडाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षतामा बसेको बैठकले मुसिकोट नगरपालिकाले गरेको वजेट

रकमान्तर सम्बन्धमा असहमती जनाइ संसोधन प्रस्ताव

पेश गर्ने र राष्ट्रपति रनिङ्ग शिल्डको बजेट रकमान्तरको संसोधन सम्बन्धमा निर्णय गरेको हो ।

निर्णयमा मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८को बजेटमा लुम्बिनी प्रदेशको समपुरक अनुदान

अन्तर्गत नगरपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण शिर्षकमा ५० लाख र मुसिकोट नगरपालिकाको आन्तरिक

श्रोतबाट रु ५० लाख गरि एक करोड बराबरको सभाहल बन्नेस्थिती हुदा हुदै आइतबार बसेको कार्यपालिकाको बैठकले

लुम्बिनी प्रदेशले दिएको ५० लाखजस्तो मोटो रकम फ्रीज गरेर मुसिकोट नगरपालिकाबाट छुट्टाइएको ५० लाख रकम लाई समेत अन्य शिर्षकमा रुपान्तरण

गर्ने निर्णय गरेकोप्रती गम्भीर दुख व्यक्त गर्दै उक्त निर्णयप्रती आपत्ति रहेको वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

समितिको बैठकले नगरपालिकाले गरेको रकम फ्रीज तथा रकमान्तरको निर्णयलाइ पुर्ण असहमती र विरोध रहेको जनाएको छ

त्यस्तै वडा नम्बर ७ को वडा समितिको बैठकले आगामी आठौं नगरसभा सुरु हुनासाथ वडानम्बर ७ का नगरसभामा प्रतिनिधित्व

गर्ने सदस्यहरु आफ्नो आफ्नो ठाउमा उभिएर विरोध जनाउने निर्णय भएको निर्णयमा उल्लेख छ

साथै मुसिकोट नगरपालिकाले गरेको उक्त अस्वभाविक निर्णयलाई सच्याउन माग गर्दै संसोधन पेश गर्ने सर्वसहमतिबाट निर्णय भएको काफ्लेको भनाइ छ ।

वडासमितिको बैठकले अर्को निर्णय गर्दै मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटमा राष्ट्रपती  रनिङ्ग शिल्ड सन्चालन शिर्षकमा तीन लाख रकम छुट्टिएकोमा

जिल्ला विकास समितिबाट सोही प्रतियोगिता सन्चालनको तयारी भैसकेको अवस्थामा आइतबार बसेको नगरकार्यपालिकाको बैठकद्वारा उक्त रकमलाई अन्य

शिर्षकमा बदल्ने निर्णय भएकोले उक्त निर्णय सच्याउनको लागि संसोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय