निफ्राको आईपिओ बाँडफाँड: करिब ५ लाखले पाए ६० कित्ता

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले माघ २ देखि वितरण गरेको आइपिओ शुक्रवार बाँडफाँड गरेको छ ।

बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले विहान १० बजे आइपिओ बाँडफाँड गरेको हो ।१४ लाख ७५ हजार ८० जनाको आवेदन सदर भएको छ भने ६ हजार २ सय ७६ जनाको आवेदन बदर भएको छ ।

क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्नेले माग अनुसार नै शेयर पाएका छन् ।

 

१० कित्ताका दरले ३४ हजार ३० आवेदक, २० कित्ताका दरले दिने २९ हजार ८५४ , ३० कित्ताका दरले २० हजार २४८ आवेदक, ४० कित्ताका दरले १६ हजार ९३४ आवेदक र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले सेयर पाएका छन्।

५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् ।

४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।

त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् ।

बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो । जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ।

बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्बसाधारणलाई वितरण गरिएको छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब रहेको छ भने आईपिओपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय