वामिमा वाणिज्य बैंकको शाखा छिट्टै सन्चालन हुने गरि अवलोकन सम्पन्न

विष्णु प्रसाद आचार्य (चकित)/ मुसिकोट गुल्मी

गुल्मिको मुसिकोट नगरपालिकाको वडा नम्बर ७ स्थित वामिमा वाणिज्य बैंकको शाखा सन्चालनको लागि मङ्गलबार एकटोलिद्वारा अकलोकन सम्पन्न भएको छ ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आमन्त्रणमा ५ जनाको टोली र गुल्मी

मुसिकोट उद्योग वाणिज्य सङ्घको टोलि साथमा सामाजिक व्याक्तित्व व्यवसायिहरु

सरोकारवालाहरुको उपस्थितमा अकलोकन सम्पन्न भएको वाणिज्य सङ्घका अध्यक्ष सुदर्शन शाक्यले नबखबरलाइ जानकारी दिनुभयो ।

केही समय अगाडिदेखी वामिटक्सारमा वाणिज्य बैंकको शाखा स्थापनाको चर्चा चलेपनी राज्य पुनर्संरचना भएको र नेपाल सरकारले राज्यका प्रत्येक स्थानिय तहमा बैन्किङ्ग सेवा पुराउने लक्ष्यसाथ काम गरेकोले र मुसिकोटमा अन्य

बैंकहरुपनी सन्चालनमा रहेकोले वाणिज्य बैंकको शाखा स्थापनाको लागि प्राथमिकतामा नपरेकोले ढिला भएको तम्घास शाखा प्रमुख गुणनिधी शर्माले बताउनुभयो ।

अहिलेसम्म जे जस्तो भएपनि आउदो २०७८ सालको बैशाखमा शाखा स्थापना गर्ने गरि काम गरिने वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदिले बताउनुभयो ।

वामिटक्सार बसपार्क स्थित रुद्रावती होटलमा भएको भेटघाट कार्यक्रममा टोलिसमक्ष यहाको वस्तुस्थिती बारे जानकारी सङ्गै बजार अवलकोन समेत गराइ बैंक बस्न सक्ने संभावना भएका घरहरुको अवलोकन समेत गरिएको थियो ।

टोलिमा वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदि,
तम्घास शाखा प्रमुख गुणनिधी शर्मा, प्रादेशिक कार्यालय नेपालगन्जका कर्जा प्रमुख रोशन सुवेदी, बुटवल खस्यौली शाखाका सहायक प्रमुख विष्णु हरि घिमिरे र चालक टंक गौतम सहितको टोलि अवलोकनमा आएको थियो ।

वामिटक्सारमा घर भएका र बैंक बस्न संभावना भएका घरधनिहरुले वाणिज्य बैंक आउनु यस क्षेत्रकै लागि खुसिको कुरा भएकोले बैंकको मापदण्ड पूरा भएमा खुला हृदयले घरमा स्वागत गर्न तयार रहेकोे बताएका थिए ।

मङ्गलबार दिउसोदेखि साझसम्म भएको अन्तर्कृया तथा अवलोकनपछी टोलि साझ नै फर्किएको छ ।

पहिले वाणिज्य बैंक वामिमा बसेर सेवा दिएको भएपनी त्यतिबेलाको परिस्थितिमा बैंक वामिमा रहन नसकेपनी अब भने बैंक नभई नहुने स्थानीयको माग रहेको छ ।

अन्य बैंकहरु वामिमा सन्चालनमा आएपनी ग्लोबल आइ एम इ बैंकले केही सेवा बिस्तार गरेको र वाणिज्य बैंकबाट गर्नुपर्ने सबै सरकारी काम गर्न कठिन भएको अवस्थामा केही समय अगाडि नेपाल बैंक लिमिटेडले सेवा दिन थालेपछी भने केही राहत महसुस भएको थियो ।

अहिले वामिमा नेपाल बैंक लिमिटेड, ग्लोबल आइ एम इ, र शाइन रेसुङ्गा बैंक तथा सहकारी र अन्य लघुवित्तहरुले सेवा दिइरहेका छन ।

सुरुसुरुमा महङ्गो ब्याज तिरेका सेवाग्राहिले क्रमश बैंकहरुको संख्या बढेपछी प्रतिस्पर्धामा काम हुदा सस्तो तथा सहुलियतपूर्ण कर्जाको वितरण समेत बढेको पाइएको छ । वाणिज्य बैंक आएपछी सरकारी काम गर्न समेत सहज हुनेछ

त्यसैले राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनर्स्थापना गर्ने सम्बन्धमा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ र राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरू बीच घनिभूत छलफल भएको हो  ।

विगतलाई फर्केर हेर्दा २०४३ सालदेखि मुसिकोट नगरपालिकाको वामी टक्सारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको थियो । त्यस समयमा लुम्बिनी अञ्चलमा संचालित विभिन्न शाखाहरू मध्ये वामी शाखा सबैभन्दा बढी कारोबार गर्ने शाखाको रूपमा रहेको थियो

तर २०५२ सालदेखि संचालन भएको माओवादी जनयु;द्धका कारण सुरक्षा व्यवस्था क;मजोर भएको भन्दै वामी शाखालाई तम्घासमा रहेको वाणिज्य बैंकको शाखामा गाभिएको उद्योग वाणीज्य संघका सचिव महेश्वर घिमिरेले बताउनुभयो ।

२०६२/०६३ को जन आन्दोलन र माओवादी शान्ति प्रक्रियामा आएपछि वाणिज्य बैंकको शाखा पुनर्स्थापनाको लागि उद्योग वाणिज्य संघ र अन्य क्षेत्रबाट विभिन्न समयमा पहल भइरहे पनि पु;नर्स्थापना हुन सकेको थिएन र करिव २ वर्ष अगाडि पनि शाखा पु;नर्स्थापनाको सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्य, उपाध्यक्ष मोहनलाल श्रेष्ठ, सचिव महेश्वर घिमिरे,

कोषाध्यक्ष गोपिकृष्ण खरेल लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु सापकोटा, मुसिकोट होटल व्यवसायी संघका अध्यक्ष फूलप्रसाद सापकोटा,

निर्माण व्यवसायी संघका अध्यक्ष सन्तोष शाक्य, समाजसेवी भुवन केसी लगायतको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय