प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद जागिर नभएकाले पूरा अवधि खानुपर्छ भन्ने नभएको तर्क गरेका छन् ।
उनले सांसद पद जागिर सम्झनेहरुले प्रतिनिधि सभा विघटनको विरोध गरिरहेको टिप्पणी गरे ।आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र
सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग
गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
‘पाँच वर्षै जागिर खान पाउनु पर्छ भन्ने ? सांसद भनेको जागिर हो ? ओलीले भने,‘स्थिरता हुन नदिने अहिले स्थिरताको नाटक गर्ने ?’प्रतिनिधि सभाको विघटनको विरुद्धमा लागेका नेताहरुको आलोचना गर्दै ओलीले अस्थिरता खडा हुने गतिविधि गरेको आरोप लगाए ।
प्रतिनिधि सभाको विघटनलाई असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि ओलिले जिकिर गरे ।संसद पुनस्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन
नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप समेत प्रधानमन्त्री ओलीको छ ।
स्रोत न्यू सञ्चार