प्रचण्ड-नेपाल समुहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

नेकपा प्रचण्ड-माधव समुहले आज (शुक्रबार) काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनको विरोधमा यो समुहले आज एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित विशाल शक्ति प्रदर्शन गर्दै छ ।

आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारीसमेत रहेको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनःस्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न ९ ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताउनुभयो ।

संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने उहाँले दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस् ससंद विघटनको देशव्यापी विरोध स्वरुप नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिलिे पनि विरोध प्रदर्शन गरेको छ ।

सरकारको कदमको विरोधमा देशभर एकसाथ भैरहेको विरोध सभा मुसिकोटका ९ वटै वडामा पनि भएको नेपालि कांग्रेस नगर सचिव मोहन घिमिरेले बताउनुभएको छ ।

कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काग्रेंस मुसिकोट नगर कार्यसमितिको आयोजनामा ९ वटै वडामा भएको विरोध सभालाई नेताहरुले सम्बोधन गरेका छन् ।

नगरपालिकाको वडा नं ७ वामीमा भएको विरोध सभालाई नेपाली काँग्रेसका प्रभावशालि नेता एवम् क्षेत्र नं डा। दामोदर भुषालले सवोंधन गर्दै प्रधानमन्त्रीको असंवैधानिक कदमले देश अनिणर्यको बन्दी बनेको बताउनुभयो ।

त्यस्तै उहाँले संसद पुर्नस्थापना हुने भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवि भण्डारीलाई महाअभियोग लगाई निलम्बन गर्नुपर्ने बताउनुभयो ।

जनताले दिएको जनमतको दुरुपयोग गरी केन्द्र देखि स्थानीय तहसम्म नै जनभावना अनुरुप काम नभएकाले अबको विकल्प नेपाली काँग्रेस नै रहेको उहाले दाबी गर्नुभयो ।

समृद्ध मुसिकोटका लागि नेपाली काँग्रेसले दिएको सुझावलाई नगरपालिकाले वेवास्ता गरेको भन्दै उहाँले अब नेपाली काँग्रेसको सरकार आएर त्यसलाई अगाडी बढाउने बताउनुभयो ।

काँग्रेसले चाईनाको विशेषज्ञ टोलीलाई लिएर प्राविधिक सुझाव दिँदा पनि नगरपालिकाले वेवास्ता गर्योँ, उहाँले भन्नुभयो, अब मुसिकोटमा काँग्रेसको सरकार निर्माण हुने र त्यसपश्चात विकास र समृद्धिको पक्षमा कायापलट हुने बताउनुभयो ।

जनताले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनि आफ्नो पदीय लोलुपताका कारण देश र सविंधानलाई नै धरापमा पार्ने गरी गरेको संसद विघटनले नेपाली नागरकिलाई दुःखी बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको उहाँको भनाई थियो ।

आयोजित विरोध सभाका अवसरमा नगरपालिका परिक्रममा गरी प्रधानमन्त्रीको कदमको विरोधमा नाराबाजी गरिएको थियो ।

उक्त विरोध सभामा नेपाली काँग्रेस मुसिकोटका नेता बेग प्रसाद शाक्यको अध्यक्षता, रहेको कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णहरी सापकोटा पार्टीमा आबद्ध कार्यकर्ता तथा नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मुसिकोट नगर सचिव डिलाराम खरालले गर्नुभएको थियो ।

वडा नं २ मा सम्पन्न विरोध सभामा तुल बहादुर कार्कीको सभापतित्व रहेको थियो । कार्यक्रमम राजेन्द्र सिहं ठकुरीको स्वागत मन्तव्य र बाबुराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त विरोध सभाको सम्बोधन नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझीले गर्नुभएको थियो । कार्यक्रममा राम बहादुर केसी, तेज बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा नं ८ मा भएको विरोध सभालाई दलित सघं मुसिकोट सभापति दिनेश खातिले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको छ । कार्यक्रममा तारक बहादुर रायमाझी सभापति रहेको थियो । भने गम्भीर खत्रीको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा मुसिकोट नगर शिक्षक सघंका सचिव भिमसेन केसी, नेविसघं जिल्ला सदस्य रमेश रसौली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन रण बहादुर रायमाझीले गर्नुभएको थियो ।

यसैबीच ९ वटै वडामा भएका विरोधसभालाई मुसिकोटका नेताहरुले सम्बोधन गरेका छन् । वडा न १ मा भएको विरोध सभालाई नेपाली काँग्रेस पूर्व जिल्ला सचिव हरिनारायण सापकोटा, वडा न २ मा पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझी,वडा न ३ मा जिल्ला सदस्य कल्पना घिमिरे,

त्यस्तै वडा न ४ मा भएको विरोध सभालाई मुसिकोट नगरसचिव मोहन घिमिरे,वडा न ५ मा नेपाली काँग्रेस मुसिकोट छाँया सरकार प्रमुख झविलाल भण्डारी,

वडा न ६ मा शिक्षक युनियनका पूर्व सभापति भिमलाल सापकोटा, वडा न ८ मा दलित सघं मुसिकोट सभापति दिनेश खाति र वडा नं ९ मा भएको विरोध सभालाई नेपाली काँग्रेस जिल्ला सचिव विष्णु सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

सभामा बोल्ने नेताहरुले बर्तमान सरकार अभिनायकवादको पर्याय भएको र संसद विघटन जस्तो असंवैधानिक काम गरेको भन्दै वर्तमानको नेकपा सरकार भ्रष्ट भएकोले विरोधका कार्यक्रम गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय