गुल्मीका १२ वटा स्थानीय तहमा विरोध सभालाई कसले कहा सम्बोधन गर्दै छ त ?

विष्णु प्रसाद आचार्य (चकित)/मुसिकोट गुल्मी/ नबखबर

सरकारको कदमको बिरोधमा देशभर एकसाथ हुन गैरहेको कांग्रेसको बिरोध सभालाई गुल्मीमा नेपाली कांग्रेसका विभिन्न नेताले विभिन्न स्थानीय तहमा सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेसले गुल्मीमा पनि १२ वटै स्थानीय तहमा सम्बोधन गर्ने नेताहरुको जिम्मेवारी छुट्टाएको नेपाली  कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिनुभएको छ ।

जनताले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनी आफ्नो पदीय लोलुपताका कारण देश र संविधानलाई नै धरापमा पार्ने गरि गरेको संसद विघटनले नेपालि नागरिकलाई दुखि बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको कांग्रेसका नेताहरुले नबखबरलाई जानकारी दिएका छन्।

केपी ओली मात्र दोषी नभएर समग्र नेकपाको यसमा दोष रहेको नेताहरुको भनाइ छ, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डले आफ्नै पार्टीभित्र किचलो झिकेर आफ्नो स्वार्थ सिद्दिको लागि देश र जनतालाई नै धोका दिएकोले यसका विरुद्द कांग्रेसले आन्दोलन गर्नुपरेको नेताहरुको दाबि छ ।

साथै बर्तमान सरकार अ,धिनाय,कवादको पर्याय भएको र संसद बिघटन जस्तो अ,सम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्र,सष्ट भएकोले नगरिकलाइ सास्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताउनुभयो ।

देशभर एकसाथ माघ ३ गते शनिबारका दिन हुने बिरोध सभालाइ सफल पार्न भन्दै जिल्ला भित्रका १२ स्थानीय तहका वडाका वडा सभापतिहरुसंग समन्वय गरि बढी भन्दा बढी संख्यामा उपस्थित भै बिरोध कार्यक्रमलाई सफल बनाउनको लागि सक्रिय भएर लाग्न समेत सभापति श्रेष्ठले कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

असंवैधानिक प्रतिनिधि सभा विघट्न विरूद्ध माघ ३ गते सम्पन्न हुन गई रहेका पालिकास्तरीय विरोध सभामा जिल्ला कार्य समिति गुल्मीको तर्फबाट स्थानीय तहमा सम्बोंधन गर्ने जिम्मेवारी निम्न बमोजिमका नेताहरुको रहेको छ।

१ कालीगण्डकी गाउँपालिका:-विष्णुप्रसाद बलाल
२ मालिका गाउँपालिका :-    खिलध्वज पन्थी
३ इस्मा गाँउपालिका:-        विष्णु कुमारी सापकोटा
४ रेसुंगा नगरपालिका:-       हरि बहादुर के.सी.
५ सत्यवती गाँउपालिका:-     गोपाल प्रसाद पाण्डेय
६ मुसिकोट नगरपालिका:-    छन्द बहादुर पहराई
७ छत्रकोट गाँउपालिका:-      श्री प्रसाद भलामी
८ धुर्कोट गाँउपालिका:-        डा. दामोदर भुसाल
९ चन्द्रकोट गाउँपालिका :-    भगतसिंह खड्का
१० गुल्मीदरबार गाउँपालिका:- अनन्तराम पौडेल
११ मदाने गाउँपालिका :-       प्रेमनारायण भण्डारी
१२ रूरूक्षेत्र गाँउपालिका:-       थम्मन बहादुर के.सी.

देशभरिका प्रत्येक स्थानीय तहमा एकैसाथ हुन लागिरहेको कार्यक्रमामा केन्द्र रहेको ठाउमा कार्यक्रम गर्न लागिएको र यो बृहत् भेला भएकोले आम लो,कतन्त्रप्रेमी जनसमुदायलाई दिनको साढे ११ बजेको समयमा सहभागी हुनको लागि अनुरोध गरिएको काङ्ग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय