विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी / नबखबर
मुसिकोट नगरपालिकाको केन्द्र वामिटक्सार बजारको बिचमा रहेको महेन्द्र आदर्श नमुना मा वि लाई वास्तविक नमुना बनाउन अवसर र चुनौती बराबर रहेको प्रधानाध्यापक देविराम शर्माले बताउनुभएको छ ।
विद्यालय नमुनाको लागि प्रस्तावित भैसकेपछी वास्तविक नमुना बनाउनको लागि प्रधानाध्यापक छनोट प्रकृयाबाट भर्खरै मात्र छ्नोट हुनुभएका देविराम शर्माले यस्तो बताउनुभएको हो ।
विद्यालयमा कार्यरत ठूलो संख्याको शिक्षक तथा विद्यार्थी , फरक फरक समुदायका व्याक्तिहरुको संलग्नता, फराकिलो क्षेत्रका मानिसहरुको जमघट तथा रुचिहरु, बदलिदो परिवेश , सामाजिक , राजनीतिक अवस्था, विद्यार्थी र समुदायको बदलिदो चाहना,आर्थिक अवस्था,भौतिक अवस्था आदि अवसर र चुनौती दुबै बराबरको रुपमा रहेको र यसलाई प्रयोग गर्नु ठुलो कुरा रहेको र यसैभित्र समग्र समुदायको सफलता रहेकोे शर्माको भनाइ छ ।
आफुले पनि अध्ययन गरेको सोही विद्यालयमा आज प्रधानाध्यापक बन्नुमा आफू खुसी रहेको उहाको भनाइ छ ।विद्यालयलाइ नमुना बनाउने मार्गमा आफुले विद्यालय विकास प्रस्ताव पेश गरेको र ५ वर्षे गुरुयोजना अनुसार काम गर्ने उहाको प्रतिवद्दता समेत रहेको छ ।
केही समयमै महेन्द्रले प्राविधिक तथा अन्य फराकिलो क्षेत्र भएका विषयको पठनपाठन गर्ने योजना रहेको भन्दै तत्कालको लागि इन्जिनियरिङ विषय पढाइ भएको पनि नबखबरलाइ जानकारी दिनुभयो ।
पेशागत संघसङ्गठन मार्फत सबैले आफ्ना बिचार राख्न पाउने अधिकार भएपनी शिक्षा क्षेत्रमा अनावश्यक राजनीतिक बिजारोपण गर्न खोज्नु आफैमा दु:खद भएको बताउदै राजनितिक दल र शिक्षक दुबैले त्यस्तो सोच हटाएमा मात्र शिक्षा क्षेत्र उज्यालो हुने उहाको भनाइ छ ।
शिक्षा क्षेत्रमा लामो समय बिताएकोले आफ्नो अनुभव र सबैको सहयोग भएमा महेन्द्रले मुहार फेर्ने भन्दै सहयोगी सबैलाइ धन्यवाद दिदै थप सहयोगको लागि आसावादी रहेको बताउनुभयो ।
यस क्षेत्रबाट धेरै विद्यार्थी अन्यत्र सहरमा पढ्न जानू कतिपय विद्यार्थीका वाध्यता छन ती वाध्यतालाइ हामिले नै पूरा गर्ने गरि काम गर्नुपर्छ उहाले भन्नुभयो, जसको लागि सुरक्षित छात्रावास , प्रयोगशाला कक्ष अत्याधुनिक भवन , सबैको गन्तब्यको रोजाइको रुपमा महेन्द्र हुने गरि लागिने उहाको भनाइ छ ।
आफू शिक्षक भएर अध्यापनको क्रममा धेरै विद्यार्थीलाई अध्यापन गरेको र उनिहरुको सफलताले र आफुप्रती देखाउने सदासयताले आफ्नो छाती गर्वले चौडा भएको अनुभव पनि सुनाउनुभयो , सुरुमा आफन्त तथा परिवारले शिक्षा क्षेत्रमा लाग्दा असजिलो अनुभव गरेपनी शिक्षक वास्तवमा सबै क्षेत्रको गुरु हुने अवसर प्राप्त हुने हुनाले बिस्तारै परिवारलाई पनि गर्वको महसुस गराउन सकेको कुरा व्यक्त गर्नुभयो ।