मनाङको तापक्रम माइनसमा

काठमाडौं- हिमाली जिल्ला मनाङको न्यूनतम तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झरेको छ।

मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम रातको समयमा माइनस १८ डिग्री सेल्सियसमा झर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन्।

सदरमुकाम चामेको तापक्रम भने रातको समयमा माइनस ८ डिग्रीसम्म झर्ने गरेको उनले बताइन् । उनका अनुसार अत्याधिक चिसोसँगै ताल र खोलहरुसमेत जम्न थालेका छन्।

गंगापूर्ण, ग्रिनलेकलगायतका दर्जन बढी ताल जमेर बरफ भएका छन् भने साना तिना खोलाहरु पनि जमेर बरफ भएको उनले जानकारी दिइन् । धाराको पानी पनि जमेका कारण कतिपय ठाउँमा बरफ तताएर पानी बनाएर खानु पर्ने अवस्था सृजना भएको छ ।

यस्तै मुस्ताङको लोमान्थाङ छोसेरको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार त्यहाँ धारामा पानी जमेको छ भने तालसमेत जम्न थालेको छ।

त्यस्तै जुम्लाको तापक्रम माइनस ८ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लामा हिमपातपछि थप चिसो बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय