नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ करोड कित्ता आईपीओ विक्री अनुमति पायो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न पुस १० गते बोर्डबाट अनुमति पाएको हो । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो ।

हाल यस बैंकको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. २० अर्ब पुग्नेछ । कम्पनीको अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको छ । यस बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ । यस कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस बैंकको जगेडा कोषमा रू. १ अर्ब ८१ करोड ४७ लाख ६ हजार सञ्चित रहेको छ ।

यो अवधिमा बैंकको नाफा रू. १८ करोड १ लाख १३ हजार छ । कम्पनीको कुल सम्पत्ति रू. १४ अर्ब २३ करोड ४ लाख ४६ हजार छ । प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म रू. ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय