मुसिकोट गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारस्थित हाम्रो पुस्तकालयको तेश्रो स्थापना दिवस तथा २१२ औं भानुजयन्ति मनाइएको छ ।
भानुजयन्ति तथा पुस्तकालय स्थापना दिवसको अवसर पारेर आइतबार खुला रुपमा बिभिन्न श्रस्टाहरुलाइ आफ्ना शृजना वाचन गर्ने अवसर प्रदान गरिएको थियो ।
कार्यक्रमको अवसरमा विशेष गरी गजल र कविता वाचन गरेर भानुभक्त अचार्यको सम्झना गरिएको थियो । जसमध्ये भानु माध्यमिक विद्यालय बडिगाड ५ ग्वालिचौरका शिक्षक श्रष्टा टीका पाइजा, ित्रभुवन माध्यमिक विद्यालय बडिगाड गाउपालिका २ खर्बाङ्गका शिक्षक श्रष्टा कमल पौडेल, महेन्द्र आदर्श माध्यमिक विद्यालय मुसिकोट ७ वामीटक्सारका शिक्षक श्रष्टा विष्णुप्रसाद आचार्यले गजल वाचन गर्नुभएको थियो ।
तत्कालीन वामी श्रोतकेन्द्रका श्रोतव्याक्ति श्रष्टा टङ्कनाथ भण्डारी, महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक श्रष्टा टेक राहडी, ित्रभुवन माध्यमिक विद्यालय बडिगाड गाउपालिका २ खर्बाङ्गका शिक्षक श्रष्टा भूमिराज गौतम, रुद्रावति बहुमुखी क्याम्पसका प्राध्यापक श्रष्टा सरोजराज बौद्दाचार्यले कविता वाचन गर्नुभएको थियो ।
शारदा विद्या मन्दिर माध्यमिक विद्यालय मुसिकोट ८ वामीमैदानकि श्रष्टा हरिमाया छन्त्यालले मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले प्रमुख अतिथिको रुपमा बोल्दै साहित्य सिर्जना र प्रकाशनको गतिलाइ बढाउन चाहेको बताउदै मुसिकोटमा आफ्नो कार्यकालमा नविनतम कार्यको सुरुवात भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख गङ्गा श्रेष्ठले नयां पुस्तालाइ पनि कार्यक्रममा समेट्नुपर्ने बताउंदै पुस्तकालय स्तरउन्नतिको लागि आफ्नो पहल रहने बताउनुभएको थियो । सोहि कार्यक्रममा नगर शिक्षा अधिकृत प्रकाश नेपाली, व्यवसायी फूलप्रसाद सापकोटा लगायतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
आयोजित कार्यक्रममा वडानम्बर ७ का पुर्व वडाध्यक्ष प्रकाश काफ्ले, नेकपा एमाले मुसिकोटका सचिव रामकृष्ण कंडेल, रुद्रावति बहुमुखि क्याम्पसका सन्चालक समितिका अध्यक्ष भुवन केसी, समाजसेवि सुन्दर प्रधान, नविन कक्षपति, भोजराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
जेष्ठ नागरिकहरुको लोकभजनले कार्यक्रम थप आकर्षक बनेको थियो । संस्थाका सदस्य महेश्वर घिमिरेको स्वागत मन्तव्य, सचिव सरोजराज बौद्दाचार्यको सन्चालन रहेको कार्यक्रमको अध्यक्षता रामचन्द्र श्रेष्ठको रहेको थियो ।
प्रत्येक सर्जकहरुलाइ मायाको चिनोले सम्मान गरिएको थियो । उपस्थित सबैले भानुभक्त आचार्यको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।